कपिलवस्तुको कृष्णनगरमा कर्फ्यु - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

कपिलवस्तुको कृष्णनगरमा कर्फ्यु



काठमाडौं  । सीमा बजार कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा विवाद हुँदा तनावग्रस्त बनेको छ । शान्ति सुरक्षा कायम गर्न आइतबार साँझ ५ बजेबाट कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यु लगाएको छ । स्थिति सहज भएपछि कर्फ्यु हटाइने प्रजिअ अर्जुन पोखरेलले बताए ।

आइतबार दिउँसो १२ बजेतिर मूर्ति विसर्जन गर्न लैजानेरनलैजाने पक्षबीच विवाद भएको थियो। विवादले उग्ररुप लिएपछि आइतबार प्रहरीले ६ राउण्ड हवाई फायर गरेको थियो। ३ राउण्ड अश्रु ग्यास फायर गरेको थियो। लाठी, हसिया र चक्कु सहित निस्केका प्रर्दशनकारी प्रहरी माथि जाई लागेका थिए। प्रहरीले सम्झाईबुझाई गर्दा नमानेपछि लाठी चार्ज गरेको थियो। लाठी चार्जबाट स्थिति नियन्त्रणमा लिन नसकेपछि फायर खोल्नु परेको जिल्ला प्रहरीका डिएसपी रवि रावलले बताए।

शुक्रबारदेखि कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन हुन सकेको छैन। शुक्रबार साझ ६ बजेतिर दुर्गा मूर्तिलाई बजार परिक्रमा गरि गोलघर तिर लैजाने क्रममा घरको छतबाट ढुंगा प्रहार गरेपछि विवाद सुरु भएको हो। त्यसपछि विसर्जनका लागि बजार परिक्रमा गराउँदै गरेको २७ दुर्गा मूर्ति गोलघर छेउ राखिएको छ। ३ दिनदेखि मूर्ति विसर्जन हुन सकेको छैन।

सुरुका दिन साँझ मूर्ति परिक्रमा गराउँदा ढुंगा प्रहार गर्ने ३ जनालाई कारबाही हुनु पर्ने दुर्गा मूर्ति पक्षधरले माग गरेका छन्। उनीहरुको नाम समेत किटान गरि दिइएको छ। ढुंगा प्रहार गर्नेलाई पक्राउ गरि कारबाही गर्ने सहमति शनिबार साँझ भएको थियो। कान्तिपुरबाट