नवलपरासी बस दुर्घटना :यी हुन् मृत्यु हुनेहरु (नामावली सहित ) - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

नवलपरासी बस दुर्घटना :यी हुन् मृत्यु हुनेहरु (नामावली सहित )



काठमाडौं: पूर्व नवलपरासीको मध्यविन्दु नगरपालिका ११ दाउन्नेस्थित अरुण खोला नजिकै आज बिहान बस दुर्घटना मृत्यु भएका पाँच जनाको सनाखत भएको छ।

मृत्यु हुनेहरुमा जिल्ला मोरङ सुन्दरहरैचा १२ बस्ने ११ वर्षीय सुहन कार्की, भोजपुर हतुवागढी ६ बस्ने २७ वर्षीय रामजीत राई, गुल्मी हस्तचौर गाउँपालिका २ बस्ने ३५ वर्षीय तिलक विष्ट, सुनसरी घर भई जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासी पश्चिममा कार्यरत ३२ वर्षीय अब्दुल अन्सारी, भारत विहार बस्ने विद्यानन्द यादव रहेका छन्। दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। एक जनाको भने सनाखत हुन नसकेको कार्यालय नवलपरासीका प्रमुख एसपी रमेश थापाले जानकारी दिए।

धरानबाट भैरहवा जाँदै गरेको लु १ ख ८४५४ नम्वरको बस आइतवार बिहान करिव ५ बजे दुर्घटना भएको थियो।

३० जनाभन्दाबढी घाइतेको पुरानो मेडिकल कलेज भरतपुर उपचार भइरहेको छ।