आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढ्छ :ओली - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढ्छ :ओली



झापा । प्रधानमन्त्री केपी ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने बताउनुभएको छ ।

आफ्नो सरकार गठन हुँदा मुलुकको ढुकुटी रित्तो अवस्थामा रहेका कारण चालू वर्ष ज्येष्ठ नागरिक भत्ता बढाउन नसकेको उहाँले बताउनुभयो ।

दशैँका अवसरमा नेकपा झापा जिल्ला कमिटीद्वारा आज बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रम ओलीले भन्नुभयो, ‘भनेजस्तो भएन भनेर ज्येष्ठ नागरिकलाई नरमाइलो लागिरहेको होला, आउँदो बजेटमा हामी भत्ता बढाइहाल्छौँ ।’

देशलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउने आफ्नो मुख्य सङ्कल्प भएको उल्लेख गर्दै उहाँले जनताको अपेक्षा र विश्वासलाई तलमाथि पर्न नदिने बताउँदै प्रम ओलीले भन्नुभयो, ‘मैले कर्तव्य बुझेको छु, नाकमा कालो लाग्न दिन्नँ ।’

कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडा, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलगायतको उपस्थिति थियो ।