जहाजका टिकट मन्त्री र सांसदको पावरमा बाँडियो, सर्वसाधारणको बिचल्ली - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

जहाजका टिकट मन्त्री र सांसदको पावरमा बाँडियो, सर्वसाधारणको बिचल्ली



नेपालगञ्ज विमानस्थलमा दशैंका यात्रुको चाप अत्यधिक रूपले बढेको छ । यात्रुको चापको तुलनामा जहाजको उडान न्यून रहेको छ ।

जहाज कम्पनीले टिकट वितरण गर्दा पहुँचवालालाई मात्र प्राथमिकता दिने गरेको यात्रुको गुनासो छ ।
कर्णाली प्रदेशको डोल्पा र हुम्लामा सडक यातायातको पहुँच छैन । कर्णालीका जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुरामा सडक यातायात पुगे पनि त्यति भरपर्दो नरहेकाले सो क्षेत्रका बासिन्दाले आवतजावतका लागि हवाई यातायातको साहारा लिनुपर्ने बाध्यता छ ।

टिकट नपाउँदा पहाडी जिल्लाका यात्रु चाडपर्वको समयमा सधैँ मर्कामा पर्ने गर्छन् । टिकट वितरणको काम व्यवस्थित नहुँदा हरेक वर्षको दशैँ तिहारमा पहाडी तथा हिमाली जिल्लाका यात्रुले सास्ती खेप्नुपरेको छ ।

हवाई टिकटमा ठूलाबडाको भनसुन चल्ने गरेपछि सामान्य सर्वसाधारणको बिचल्ली नै भएको छ । “दशैँको फूलपाती भित्रिसक्यो, आज महाअष्टमी तर अहिलेसम्म टिकट नपाएर घर फर्किने सुरसार नै छैन”, मुगुका सुरेन्द्र शाहीले बुधबार भने, “टिकट जति सबै मन्त्री र सांसदको पावरमा बाँडिएको छ, सर्वसाधारण लाई चाहिँ बिचल्ली पार्ने काम भएको छ ।”

नेपालगञ्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जहाजको उडान भन्दा यात्रुको चाप धेरै भएको बताए ।  अनुसार पहाडी जिल्ला डोल्पा, मुगु, हुम्ला, जुम्ला र बाजुराका लागि तारा र समिट एयरले दैनिक रूपमा एक÷एक उडान भर्दै आएका छन् ।

फाइल तस्विर