हेमा मालिनीले गरेकी थिईन तीन सुपरस्टारको बिवाह प्रस्ताव अस्वीकार - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

हेमा मालिनीले गरेकी थिईन तीन सुपरस्टारको बिवाह प्रस्ताव अस्वीकार



काठमाडौं । बलिउडकी ‘ड्रिम गर्ल’ हेमा मालिनीको आज जन्मदिन हो । सन १९४८ अक्टोवर १६ मा जन्मिएकी हेमाको सुन्दरतामा जो कोही पनि लठ्ठ पर्थ्यो । हेमा मालिनीको जन्मदिन पारेर आज हामी उनको जीवनसँग जोडिएका केहि रमाइला किस्साहरुको बारेमा जानकारी गराउदैछौँ ।

हेमालाई तीन–तीन सुपरस्टारको बिवाहले प्रपोज गरेका थिए । तर उनको बिवाह भने धर्मेन्द्रसँग भयो । अभिनेता धर्मेन्द्र र हेमा मालिनीको प्रेम बिवाह भएको हो । बिवाह गर्नको लागि पहिले नै बिवाह भईसकेका धर्मेन्द्रले एकदमै संघर्ष गरेका थिए । हेमा मालिनी दक्षिण भारतीय परिवारकी युवती थिईन् । फिल्म उद्योगमा आउनुभन्दा अघि नै बिवाह गरिसकेका धर्मेन्द्रले हेमा मालिनीसँग दर्जनौँ फिल्महरुमा सँगै काम गर्दा उनीहरुको प्रेम अझै झाङ्गिन पुग्यो ।

हेमा र धर्मेन्द्रको बिचको प्रेमको चर्चा बलिउडमा चल्न थालिसकेको थियो । तर बिवाहको बारेमा भने नायिकाको परिवारले कहिल्यै पनि मञ्जुरी दिएन । घर परिवारले नमानेता पनि उनीहरुले बिवाह भने गरे । धर्मेन्द्रको दोश्रो बिवाह भएपनि पहिलो श्रीमतीले गुनासो गरेको खबर मिडियामा आएको छैन ।