कपिल शर्माको बिहे डिसेम्बरमा ! - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

कपिल शर्माको बिहे डिसेम्बरमा !



लामो समय लाइमलाइटबाट टाढा रहेका कपिल शर्मा अब फेरी टेलिभिजनमा फर्कने तयारीमा छन्। केही दिन अगाडिमात्रै चाँडै आफ्नो शो लिएर आउने जानकारी उनले मिडियालाई दिएका छन्।

र, कपिलका फ्यानलाई अर्को खुसीको कुरा पनि छ। उनले आउँदो डिसेम्बरमा विवाह गर्ने निर्णय गरेका छन्।

हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा शर्माले विवाहको मिति निश्चित भइनसकेको बताए। तर, आउँदो डिसेम्बरमा उनी आफ्नो गर्लफ्रेण्ड गिन्नी चतराथसँग विवाह गर्दैछन्।

‘मेरी आमाले मैले अब विवाह गर्नुपर्छ भन्नुभएको धेरै वर्ष भयो, अचानक मैले पनि महसुस गरेँ कि –उमेर त बढ्दै गइरहेको छ,’ उनले ठट्यौली गर्दै भने, ‘सोचेँ, एक–दुई वर्षपछि उसले पनि नाई भनिन् भने मसँग विवाह गर्न कोही पनि राजी हुने छैनन्।’

उनले आफ्नो हनिमुनको बारेमा पनि बताए। ‘यसका लागि केही समय पनि लाग्न सक्छ, हेरौँ न।’ हास्यकलाकार शर्माको लामो समयदेखि गिन्नीसँग प्रेम सम्बन्ध छ।

कपिल तिहारको आसपासमा फेरि आफ्नो शो लिएर आउने तयारीमा छन्।