भारतले थप हवाई रुट दिएन - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

भारतले थप हवाई रुट दिएन



नेपालाई चारवटा अवाई रुट थप्न असार पहिलो साता काठमाडौंमा सहमति जनाएको भारत त्यसबाट पछि हटेको छ।

प्रस्तावित रुट सञ्चालनको विषय टुंग्याउन बुधबार नयाँ दिल्ली पुगेका पाँच नेपाली प्राविधिक सकारात्मक निर्णय नभएपछि स्वदेश फर्केका छन्। यो खबर आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन्।

‘भारतीय प्राविधिकले डिफेन्स (सैन्य) कारण देखाउँदै यसपटक निर्णय नै गरेन,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘यो विषय फेरि प्रधानमन्त्रीकै तहको बार्तामा फर्केको छ। प्राविधिकको बार्ताबाट टुंगिएन।’

ती अधिकारीका अनुसार नेपालले मागेका हवाई रुटमुनी आफ्ना सैनिक म्याम्प र वढ्दो हवाई चाँप रहेको भन्दै भारतले अनुमती दिन नसकिने जनाएको हो।

दुई देशका प्रधानमन्त्रीबीच काठमाडौंमा भएको भेटघाटपछि वैशाख २९ गते जारी संयुक्त वक्तव्यमा हवाई रुट थप्ने विषय समेटिएको थियो।