एक जनाको घरमा खाना पाकेन भने छत्रदेव समृद्ध बन्दैन: लेखनाथ पोख्रेल - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

एक जनाको घरमा खाना पाकेन भने छत्रदेव समृद्ध बन्दैन: लेखनाथ पोख्रेल



तेजेन्द्र समशेर पाण्डे 

छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले एक जनाको घरमा मात्रै पनि खाना पाकेन भने छत्रदेव गाउँपालिका समृद्ध बन्न नसक्ने बताएका छन् ।

नेपालीको महान चाड बडा दशैको शुभकामना दिँदै पोखरेलले यस्तो अभिव्यक्ति दिएका हुन् । दसैँ सबैको खुसीको पर्व भएको उल्लेख गर्दै पोख्रेलले छत्रदेवका सबै घरमा खुसीयाली हुनु पर्ने पनि बताए।

गाउँपालिकाको आठ नम्बर ओ डाले आज बडा कार्यालय मानिपोखरामा आयोजना गरेको विजयादशमी तथा दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना दिँदै पोख्रेलले दुई चार जना पदमा पुग्दैमा,दुई चार जना रमाउँदैमा मात्र छत्रदेव समृद्ध नहुने बताए ।

अध्यक्ष पोख्रेलले शुभकामना आदानप्रदानको एउटा छुट्टै इतिहास र महत्त्व भएको समेत उल्लेख गरे । कार्यक्रममा वडा नम्बर आठका अध्यक्ष राजकुमार श्रेष्ठ ,नेपाली कङ्ग्रेस अर्घाखाँचीका जिल्ला कार्य समिति सदस्य ताराप्रसाद श्रेष्ठ ,वडा सदस्य शारदा खनाल तथा वडा सचिव बालकृष्ण पाण्डेले समेत शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्थानीय वडाबासीहरुको उपस्थिति रहेको थियो