वर्षमान पुन पनि केपी ओलीकै लाइनमा - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

वर्षमान पुन पनि केपी ओलीकै लाइनमा



ओखलढुङ्गा । उर्जामन्त्री वर्षमान पुन पनि प्रधानमन्त्री केपी ओलीकै लाइनमा देखिएका छन् । काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै जनताका साना साना समस्याको मेसो लगाउन सरकारले सकेको छैन दिनदिनै सरकारप्रति जनताको विस्वास घट्दै गएको बेला पुनले पुनः रेलको कुरा जोडेका छन् ।

पुनले सरकारले समृद्धि हासिल गर्ने ठूला योजना अघि सारेको देखेर खिल्ली उडाउने हरु छक्क पर्ने अवस्था आउने बताएका छन्। यसअघि यी वाक्यांश प्रधानमन्त्री ओलीले प्रयोग गर्दै आएका थिए ।

ओखलढुङ्गाको चम्पादेवीमा ‘मिसन मालिङ्गे भिजन २१००’ को उद्घाटन गर्दै मन्त्री पुनले वर्तमान सरकार जनताको चाहनाअनुसार काम गरिरहेको दाबी पनि गरे। तर न त सरकारले आफ्नो चाहना अनुसार काम गर्न सकेको छ न त जनताको नै ।

उनले प्रधानमन्त्रीले रेलका कुरा गर्दा खिल्ली उडाउनेले नेपालमा दुई वर्ष भत्रै रेल चड्न पाउने आश्वासन पनि दिए। ‘ठूला र आवश्यकता देखिएका योजनाहरु सरकारले अघि सारेको देखेर खिल्ली उडाउनेहरु छक्क पर्न अब बेर लाग्दैन,’ मन्त्री पुनले भने, ‘अबको केही वर्षमा नेपाल समृद्ध मुलुक बन्नेछ, विद्युत् र पर्यटनमा प्रगति गर्नेछ र कृषिमा आधुनिकीकरणसँगै आत्मनिर्भर बन्नेछ।’

यसरी ठुला ठुला कुरा गर्नु भन्दा जनताका साना साना अत्यावश्यक कुरामा ध्यान दिने हो भने आफै समृद्ध मुलुक बन्ने छ ।