कञ्चनपुरमा कांग्रेसका सांसदले डाक्टर कुटे
काठमाडौं । कञ्चनपुरमा नेपाली कांग्रेसका पूर्व सांसद दिवानसिंह विष्टले डाक्टर कुटेका छन् ।
विष्टले स्थानीय श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा कार्यरत डा. अमित पण्डितलाई आक्रमण गरेका हुन् । शुक्रबार बिहान उपचारका लागि स्वास्थ्य केन्द्र नजिकैको थलकेदार क्लिनिकमा ल्याइएकी २५ वर्षीया चन्दा थापाको स्वास्थ्य स्थितिमा सुधार नभएपछि धनगढी रिफर गर्ने क्रममा विष्टले डाक्टरलाई कुटेका हुन् ।
बिरामीलाई अक्सिजन दिएर उपचार गर्दा पनि सुधार नआएपछि रिफर गरिएको थियो । श्रीपुर स्वास्थ्य केन्द्रका चिकित्सकले दोषी विष्टलाई कारबाही माग गरेको छ ।