मोटरसाईलले ठक्कर दिँदा कञ्चनपुरमा सात जना घाइते - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

मोटरसाईलले ठक्कर दिँदा कञ्चनपुरमा सात जना घाइते



कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर ५ लालझाडी जंगलको अमखौया खोला नजिक पूर्वपश्चिम राजमार्गमा मोटरसाईलले ठक्कर दिँदा बिहीवार साँझ सात जना घाइते भएका छन्।

प्रहरी जवान राजेन्द्र पालले चलाएको से ४ प ४३१ नंम्वरको मोटरसाइकलले साइकल सवार छ जना मजदूरलाई एकै पटक पछाडीवाट ठक्कर दिदा मोटरसाइकल चालकसहित सात जना सक्त घाइते भएका हुन्।

गुलरीयावाट काम गरी घर फिर्ता भैरहेका कृष्णपुर २ वाणी मुक्त कमैया शिविरका २९ वर्षीया रामकुमारी चौधरी, ३० वर्षीय सन्तोष चौधरी, वर्ष २२ का भगवानदास चौधरी, वर्ष २० का मुकेश चौधरी, २० वर्षीया मञ्जु चौधरी र सिता चौधरी मोटर साइकलको ठक्करवाट घाइते भएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायव निरिक्षक भरत धामीले बताए।

मोटरसाईकलको ठक्करवाट राम कुमारी चौधरीको अवस्था गम्भिर रहेको छ भने भने अन्य घाइतेहरुको अवस्था सामान्य रहेको उनले बताए। सुदूरपश्चिम क्षेत्रिय दंगा नियन्त्रण प्रहरी गण वंकमा कार्यरत प्रहरी जवान पाल गुलरीयावाट वंक आउदै गर्दा वाटोमा दुर्घटना भएको जनाएको छ।