प्रधानसेनापतिले भने सेनाभित्र भ्रष्टाचार मौलायो ! - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

प्रधानसेनापतिले भने सेनाभित्र भ्रष्टाचार मौलायो !



काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाभित्र भ्रष्टाचार मौलाएको बताएका छन् ।

सैनिक मुख्यालयमा बिहीबार आयोजित दसैं–तिहार तथा छठको शुभकामना आदानप्रदान कार्यक्रममा उनले आफ्नो एक्लो प्रयासले सेनाको भ्रष्टाचार रोक्न कठिन रहेको भन्दै सबैबाट सहयोगको अपेक्षा गरे । सेनामा भर्ना छनोटका बेला आर्थिक चलखेल हुने गरेको जनगुनासो बढेको भन्दै उनले त्यस्तो विकृति जरैदेखि उखेल्ने बताए ।

सेनाभित्र नातावाद र कृपावाद मौलाएको गुनासो पनि आफूले सुनेको उनले बताए । ‘सेनाभित्र भ्रष्टाचार छ । छैन भनेर म भन्दिनँ, यसलाई नियन्त्रण गर्न नागरिक समाज, सञ्चार जगत् सबैको सहयोग चाहिन्छ,’ उनले भने, ‘एकै दिनमा भ्रष्टाचार निमिट्यान्न गर्न सकिँदैन, यसका लागि लामो प्रयास चाहिन्छ ।

म तयार छु ।’ सेनाभित्र रहेका विकृति र विसंगति न्यूनीकरण गर्न आफूले कुनै कसर बाँकी नराख्ने भन्दै उनले त्यसका लागि काम सुरु गरिसकेको दाबी गरे । ‘सेनाले कसैको भनसुन र अनुचित दबाबमा परेर काम गर्दैन,’ उनले भने, ‘कहीँ कतै त्यस्तो छ भने पनि पूर्ण रूपमा रोक्छौं ।’ कान्तिपुरमा खबर छ ।