बामदेवबारे डा भट्टराईले भने: राजनीतिक अनिष्टताको संकेत !
काठमाडौँ – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले निर्वाचित सांसदलाई राजीनामा गराएर चुनावमा हारेकालाई संसदमा लैजाने मनसायले अर्को चुनाव गराउनु लोकतन्त्रको भ्रष्टिकरण रहेको बताएका छन् ।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ का निर्वाचित सांसद रामवीर मानन्धरले पार्टीको निर्णय भन्दै बुधबार सांसद पदबाट राजीनामा दिने र त्यहाँ हुने उप चुनावमा वामदेव गौतम उम्मेदवार बन्ने बताएका थिए । यहि सन्दर्भमा डा. भट्टराईले आफ्नो धारणा सामाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गरेका हुन् ।
उनले भनेका छन्, ‘काठमाडौँ ७ का निर्वाचित सांसदलाई राजीनामा गराएर बर्दियाबाट हारेका वामदेव गौतमलाई संसदमा पुर्याउन अर्को खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टिकरण र आगामी दिनमा चरम राजनीतिक अनिष्टताको संकेत हो । बेलैमा होस पुर्यौँ । दलीय घेराभन्दा माथि उठेर लोकतन्त्रको रक्षा र समृद्धीकरण गरौँ ।’
काठमाण्डौ-७ का निर्वाचित सांसदलाई राजीनामा गराएर बर्दियाबाट हारेका वामदेव गौतमलाई संसदमा पुर्याउन अर्को खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टीकरण र आगामी दिनमा चरम राजनीतिक अनिष्टताको संकेत हो।वेलैमा होश पुर्याऔं!दलीय घेराभन्दा माथि उठेर लोकतन्त्रको रक्षा र समृद्धीकरण गरौं!
— Baburam Bhattarai (@brb1954) October 10, 2018