कांग्रेसको बिजोग: आफ्नैसंग लड्दा फुर्सद छैन
पार्टी सभापति शेरवहादुर देउवाले बहुमतको आडमा पेल्न सुरु गरेको भन्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आउँदो केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्ने भएका छन् ।
नेविसंघको आंशिक बिधान संशोधनमा संस्थापन पक्षले बलजफ्ती गरेको र यसको संकेत आगामी महासमिति लगायतका संरचनामा पनि यही ढंगले जाने देखिएकाले बैठक बहिस्कार गर्न लागिएको हो ।
देउवा निरंकुश ढंगले अघि बढ्न लागेको भन्दै सिटौलाले सोमवार साँझ रामचन्द्र पौडेल र प्रकाशमान सिंहलगायतका नेताहरुसँग छलफल गरेका थिए ।
उनीहरुसँगको छलफलपछि बुधवार बस्ने केन्द्रीय समिति बैठक बहिस्कार गर्ने सन्देशसहित सिटौला विराटनगर प्रस्थान गरेका छन् । स्रोतका अनुसार सिटौला पक्षले बैठक बहिस्कार गर्नेछ ।