भारतीय अपराधीले गरे नेकपाका नेताका छोराको हत्या गर्ने प्रयास - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

भारतीय अपराधीले गरे नेकपाका नेताका छोराको हत्या गर्ने प्रयास



राजविराज । सप्तरीमा सोमवार राति नेकपाका नेता सुखराम यादवको छोराको हत्या प्रयास भएको छ । सदरमुकाम राजविराजस्थित बजारबाट घर जाने क्रममा जयइन्द्र यादवमाथि हत्या प्रयास भएको हो ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई व्यक्तिले यादवमाथि रडले प्रहार गरिरहँदा स्थानीयले प्रतिकार गरेपछि उनीहरू भागेका थिए । रड प्रहारबाट शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर भएका यादवलाई राजविराजमा उपचार पश्चात थप उपचारका लागि धरान लगिएको बुवा तथा नागरिक सञ्जाल सप्तरीका अध्यक्षसमेत रहनुभएका सुखरामले बताउनु भयो ।

यता, भाग्ने क्रममा मोटरसाइकलमा पछाडि सवार एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । घटनास्थलमा प्रहरी परिचालन गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।