प्रधानमन्त्रीका सल्लाहकार नै गैरकानुनि धन्दामा - Himal Post Himal Post
  • २५ मंसिर २०८२, बुधबार
  •      Wed Dec 10 2025
Logo

प्रधानमन्त्रीका सल्लाहकार नै गैरकानुनि धन्दामा



पदको दुरुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि (आइटी) विज्ञ असगर अलीले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका निम्ति सरकारका विभिन्न निकायमा रहेका सूचना अनधिकृत रूपमा संकलन गरिरहेका छन्। अलीले सर्वसाधारण नागरिकका संवेदनशील र गोप्य विवरण उपलब्ध गराउन विभिन्न सरकारी निकायलाई पटकपटक दबाबसमेत दिइरहेको फेला परेको छ।

अली अनलाइन विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी (अनलाइन पेमेन्ट गेटवे) ई–सेवाका सिइओ पनि हुन्। उनले सरकारी निकायसँग रहेको सर्वसाधारणको अत्यन्तै गोप्य र संवेदनशील विवरण उपलब्ध गराउन पटकपटक दबाब दिनु अनैतिक, अनुचित र गैरकानुनी भएको जानकारहरू बताउँछन्। नागरिक दैनिकबाट ।