नेकपाका पूर्वमन्त्री हायात होटलका जागिरे: तलव १ लाख ७० हजार - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

नेकपाका पूर्वमन्त्री हायात होटलका जागिरे: तलव १ लाख ७० हजार



नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व सामान्य राज्यमन्त्री जीतु गौतम होटलमा जागिर खान पुगेको खुलासा भएको छ । गौतमलाई पाँचतारे होटल हायातले परामर्शदातामा नियुक्त गरेको स्रोतले जानकारी दियो ।

२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री भएकाखबत गाैतम राज्यमन्त्री भएका थिए । उनले शेयर बजारका विषयमा देखिएका समस्या समाधान गर्ने राजनीतिक नेतृत्वसँग काम गर्नैछन् ।

साथै उनलाई होटलको सञ्चालक कम्पनी तारगाउँ रिजेन्सी होटलले नियुक्त गरेको हो । साथै उनका लागि सोही होटलमा कार्यालयसमेत स्थापना गरिदिएको छ । उनले पारिश्रमिकवापत मासिक १ लाख ७० हजार रुपैयाँ पाउनेछन् ।