निर्मलाका बुवाले भने: हत्यारा खुलेआम घुम्ने, सरकारले समय बर्बाद गर्ने ? - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

निर्मलाका बुवाले भने: हत्यारा खुलेआम घुम्ने, सरकारले समय बर्बाद गर्ने ?



कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको प्रतिवदेन सार्वजनिक भएपछि उनका बाबु यज्ञराजले अब अनुसन्धानका लागि समिति बनाएर समय बर्बाद नगर्न आग्रह गरेका छन् ।

बलात्कारपछि हत्या भएको महिनौं सम्म पनि सरकार र स्थानीय प्रशासनले दोषीलाई कारवाही गर्ने भन्दा पनि समय लम्ब्याउने काम मात्र गरेको उनको आरोप छ ।

उनले छोरीका हत्यारा खुलेआम घुमिरहेको भन्दै कानुनी दायरामा ल्याएर कार्वाही गर्न माग गरेका छन् । उनले विभिन्न समिति बने पनि अनुसन्धानमा प्रहरीलाई दोषी मात्र देखाएर नहुने अब दोषीसंगै हत्यारालाई जतिसक्यो छिटो पक्रेर कार्वाही गर्नुपर्ने बताएका हुन् ।