यतीको जहाज स्यालसँग ठोक्कियो - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

यतीको जहाज स्यालसँग ठोक्कियो



काठमाडौं- जहाजमा चरा ठोक्किएको समाचार त आइरहन्छ। तर, आइतबार बेलुका नेपालगन्ज विमानस्थलमा नयाँ घटना भयो। जहाज स्यालसँग ठोक्कियो।

यती एयरलाइन्सको एटीआर-७२ जहाज आइतबार बेलुका नेपालगन्ज विमानस्थलमा अवतरणको क्रममा थियो। यही क्रममा स्यालसँग ठोक्कियो।

केहीबेरपछि विमानस्थलको रन–वेमा स्यालको रगत र मासुका टुक्रा देखियो। तत्कालै रन–वेमा दमकल लगाएर सफा गरेको विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुर बताउँछन्। विमानस्थल टावरलाई जहाजमा स्याल ठोकिएको थाहा थिएन। तर, पाइलटले स्याल ठोक्किएको खबर गरेपछि मात्रै विमानस्थल कार्यालयलाई थाहा भएको उनको भनाइ छ।

जहाजमा स्याल ठोक्किए पनि कुनै मानवीय क्षति भएन। जहाजमा पनि कुनै ठूलो क्षति नपुगेको ठाकुरले बताए।

एयरलाइन्सको प्राविधिक टिमले जहाजमा कुनै क्षति नपुगेको निष्कर्षपछि जहाज राति नै काठमाडौं उडेको ठाकुर बताउँछन्।