विराट कोहलीको फेरी नयाँ रेकर्ड - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

विराट कोहलीको फेरी नयाँ रेकर्ड



भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले वेस्टइंडिजविरुद्धको पहिलो टेस्टको दोस्रो दिन आफ्नो करिअरको २४ औं टेस्ट सतक प्रहार गरे।

उनले करिअरमा २४ सतक बनाउँदै गर्दा धेरै कीर्तिमान आफ्नो नाममा पार्न सफल भएका छन्। सर्वाधिक कम टेस्ट इनिङमा २४ औं टेस्ट सतक प्रहार गर्ने विराट विश्वको दोस्रो खेलाडी बने। उनले ७२ टेस्टको १२३ इनिङमा यो उपलब्धि हासिल गरे। उनले सचिन तेन्दुलकरलाई पछि पार्न सफल भए। सचिनले ८० टेस्टको १२५ इनिङमा २४ औं टेस्ट सतक प्रहार गरेका थिए।

सर्वाधिक कम इनिङमा २४ टेस्ट सतक प्रहार गर्ने खेलाडीको कीर्तिमान अस्ट्रेलियाका डान ब्रेडम्यानको नाममा रहेको छ। ब्रेडम्यानले ४३ टेस्टको ६६ औं इनिङमानै आफ्नो २४ औं टेस्ट सतक प्रहार गरेका छन्। विराटले अस्ट्रेलियाका ग्रेग च्यापल, वेस्टइंडिजका विवियन रिर्चडसन र पाकिस्तानका मोहम्मद युसुफको सतकको रेकर्ड बराबरी गर्न सफल भए। उनले वीरेन्द्र सहवागलाई २३ सतकले पछि पारे।

विराट भारतको तर्फबाट सर्वाधिक सतक लगाउने खेलाडीको चौंथो स्थानमा रहेका छन्। सर्वाधिक सतक लगाउने भारतीय खेलाडीमा सचिन तेन्दुलकरले ५१ सतक लगाएका छन् भने राहुल द्रविडले ३६, सुनील गावस्करले ३४ सतक प्रहार गरेका छन्। विराट कोहलीले वेस्टइंडिजविरुद्ध दोस्रो टेस्ट सतक प्रहार गरेका छन्। उनले यो वर्ष चौंथो पटक १०० भन्दा बढी रन बनाए। कप्तानको तर्फबाट १७ औं सतक समेत प्रहार गरे। चार नम्बरको ब्याटिङ क्रममा उनको यो २० औं सतक हो।

उनले पहिलो इनिङमा १९ पटक सतक प्रहार गरेका छन्। साथै विराटले विश्वका २० वटा मैदानमा सतक प्रहार गर्ने ब्याट्सम्यान बने । जसमा १० वटा मैदान भारतका छन्। तीन हजार टेस्ट रनको आँकडा पार कप्तान कोहलीले भारतमा खेल्दै आफ्नो तीन हजार रन पूरा गरे। उनले भारतमा ३३ टेस्टको ५३ इनिङमा उक्त आँकडा पूरा गरेका हुन्। यो दौरान उनले ११ सतक प्रहार गरेका थिए। जसमा पाँच दोहोरो सतक रहेका छन्। घरेलु मैदानमा कोहलीको औषत ६५ बढीको रनरेट रहेको छ।

कोहलीले लगातार तेस्रो वर्ष टेस्ट क्रिकेटमा एक क्यालेन्डर इयरमा एक हजार रनको आँकडा पूरा गर्न सफल समेत भए। उनले यो वर्ष नाै टेस्टमा ५९.८८ को औषतमा १०१८ रन बनाए। जसमा चार सतक रहेका छन्। विराटले २०१६ मा १२ टेस्टमा १२१५ रन बनाएका थिए भने २०१७ मा १० टेस्टमा १०५९ रन बनाएका थिए। यो वर्ष टेस्टमा रन बनाउने मामिलामा इंग्ल्यान्डका जोए रुट दोस्रो नम्बरमा रहेका छन्। रुटले १० टेस्टमा ७१९ रन बनाउँदा दक्षिण अफ्रिकाका के एडन मार्करम तेस्रो स्थानमा रहेका छन्। कार्करमले नाै टेस्टमा ६६० रन बनाए।