पप गायनमा पनि सर्वोत्कृष्ट मञ्जु पौडेल, पुरुषमा शंकर थापा - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

पप गायनमा पनि सर्वोत्कृष्ट मञ्जु पौडेल, पुरुषमा शंकर थापा



काठमाडौं – गायिका तथा उद्घोषिका मञ्जु पौडेल सर्वोत्कृष्ट पप गायिका बनेकी छन् ।  सातौं म्यूजिक खबर म्यूजिक अवार्ड–२०१८ अन्तर्गत गायिकातर्फको सर्वोत्कृष्ट पप गायिकाको अवार्ड प्राप्त गरेकी हुन्।

पुरुष तर्फ भने गायक शंकर थापा स्माइल सर्वोत्कृष्ट पप गायक बनेका छन् । शुक्रबार विराटनगरको वीरेन्द्र सभागृहमा आयोजित कार्यक्रममा अवार्ड वितरण भएको थियो । मञ्जु पौडेलको ‘दामी छ रेन्त’ गीतलाई अवार्डका लागि चयन गरिएको थियो। त्यसैगरी गायक थापाले भने ‘माया लगाई’ बोलको गीतमा अवार्ड हात पारेका हुन्

यस विधामा गायिका पौडेलले अर्पणा श्रेष्ठ, एञ्जिला रेग्मी, सुशीला पाठक, र सरिता शाहलाई पछि पारेकी थिइन् भने गायक थापाले कन्हैया सिंह, गम्भीर केसी, राजेश बर्देवा र उदयराज पौडेललाई पछि पारेका थिए।

मोफसलमा पहिलोपटक आयोजना गरिएको यो अवार्ड कार्यक्रममा सर्वोत्कृष्ठ राष्ट्रिय भावको गीतमा चुडामणि देवकोटाले पुरस्कार हात पारे। यसअघि यो कार्यक्रम काठमाडौंमै हुने गरेको थियो ।

गायक देवकोटाको ‘मेरो देश सुन्दर छ’ बोलको गीतले एसपी सापकोटा, सुदन डोटेल, नवराजजंग थापा र डिपी खनाललाई पुरस्कार दौडमा उछिनेको थियो।

विभिन्न ३३ विधामा पुरस्कार वितरण गरिएको कार्यक्रममा सर्वोत्कृष्ट लोकदोहरी गायकतर्फ दीपसागर थापाले पुरस्कार प्राप्त गरे।

उनको धादिङ नौबिसे नामक बोलको गीतले बैकुण्ठ महत, प्रकाश सपुत, मेक्सम खाती र रञ्जित परियारको गीतलाई पछि पारेको थियो।

त्यसैगरी, मायालुको साथै रमाइलो गीत गएकी सुनिता दुलाल सर्वोत्कृष्ट लोकदोहरी गायिकाको पुरस्कार हात पार्न सफल भइन्। सर्वोत्कृष्ट लोकदोहरी गायिकातर्फ देवी घर्ती, प्रीती आले, गीता देवी र पूर्णकला बिसी रहेका थिए।

अवार्डका क्रममा लाइफटाइम एचिभमेन्ट, दशकका अवार्ड, बाल प्रतिभा प्रोत्साहन सम्मान, संगीत पत्रकारिता सम्मान लगायतका पुरस्कारपनि प्रदान गरिएको थियो।

फाइल रस्विर