दुई महिनामा सरकारले बाँड्यो ३ करोड - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

दुई महिनामा सरकारले बाँड्यो ३ करोड



काठमाडौं – आर्थिक वर्ष सुरु भएको पहिलो दुई महिनामै सरकारले आफ्नो ढुकुटीबाट विभिन्न राजनीतिक दलका नेता,  पार्टि कार्यालय तथा व्यक्तिका नाममा झन्डै तीन करोड रुपैयाँ बाँडेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

अर्थ मन्त्रालयका अनुसारआर्थिक वर्ष ०७४/७५ को साउन र भदौमा आर्थिक सहायता बजोट शीर्षमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, संघीय संसद सचिवालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत निकायका नाममा उक्त रकम निकासा भइसकेको छ । यस अवधिमा राज्यकोषबाट दुई करोड ७९ लाख रुपैयाँ आर्थिक सहायताका लािग निकासा भइसकेको छ ।

यो रकममध्ये(साउनमा) 
-गंगामाया अधिकारी : २० लाख
-एमाले जिल्ला कार्यालय पर्सा : २ लाख ३ हजार
-पूर्वमन्त्री रामकृष्ण ताम्राकार : १५ लाख
-राष्ट्रकवि माधव घिमिरेको उपचार खर्च : १४ लाख ९८ हजार
-विभिन्न व्यक्तिका नाममा : ४६ लाख ५० हजार रुपैयाँ बाँडिएको छ ।

(भदौमा)
नेता नरहरि आचार्यको उपचार खर्च : ३३ लाख ६१ हजार
निर्वाचनमा घाइते २४ जनाको उपचार : २७ लाख ६० हजार
दक्षिण एसिया गुठी र काठमाडौं युनिभर्सिटी स्कुल अफ ल : ३० लाख
देशघरका विभिन्न व्यक्तिका नाममा : ८९ लाख रुपैयाँ बाँडिएको छ ।