गुड्यो जनकपुरबाट रेल - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

गुड्यो जनकपुरबाट रेल



काठमाडौं : जनकपुरदेखि  भारतको जयपुर जोड्ने रेलवे सेवाको परीक्षण सफल भएको छ।  नेपाल र भारतका उच्च अधिकारी तथा प्राविधिकले बिहीबार २९ किमि लिकको सफल यात्रा गरे।

रेल विभागका डाइरेक्टर जनरल बलराम मिश्र तथा भारतीय राजदूत मञ्जिवसिंह पुरीको नेतृत्वमा दुवै देशका उच्च अधिकारी तथा प्राविधिकले लिक, पुलपुलेसाकाे परीक्षणसँगै निर्माणधीन रेलवे स्टेसन, कर्मचारी आवासको स्थलगनत निरीक्षण गरेको खबर कान्तिपुर दैनिकमा छ।

राजदूत पूरी जनकपुर नजिकैको प्लेटफर्म पुगेर फर्किएका थिए। अन्य अधिकारी र प्राविधकक जयनरसम्मै पुगे। जनकपुर रेलवे विस्तार तथा स्तरोन्नति परियोजना भारत सरकारको सहयोगमा अघि बढाएको हो।