देउराली कन्ट्रक्सनका सञ्चालक पक्राउ

संखुवासभा : देउराली कन्स्ट्रक्सनका सञ्चालक अञ्जु दाहाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला समन्वय समितिको सरकारी विल, र नक्कली छाप लगाएर निकासी कर संकलन गरेको आरोपमा पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जनाएको छ।
उनलाई बुधबार पक्राउ गरेर ३ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। देउराली कन्स्ट्रक्सनले यो वर्षको निकासी करको ठेक्का जिल्ला समन्वय समितिबाट लिएको छ। ठेक्का सम्झौता अघि नै सरकारी विल र छाप प्रयोग गरेको पाइएपछि यस अघि प्रहरीले धर्मदेवी नगरपालिकाका कर्मचारी दावा भोटे र सौरोज तामाङलाई समेत प्रक्राउ गरेको थियो। उनीहरूको वयानका आधारमा अञ्जु पक्राउ परेको बताइएको छ। कर्मचारी दावालाई पनि प्रहरीले सौरोजको बयानका आधारमा पक्राउ गरेको हो।
सरौजको साथबाट प्रहरीले जिल्ला समन्वय समितिको छाप लगाएको रसिदको ठेली र रसिद काटेको रकम बरामद गरेको थियो। सम्झौता अघि उनीहरूले करिब ५५ हजार रुपैयाँ निकासी कर वापतको रकम संकलन गरेको रसिदमा देखिएको छ। उनीहरूले प्रयोग गरेको रसिद, नक्कली छाप जिल्ला समन्वय समितिले जारी नगरेको कार्यालयले जनाएको छ।

