माधव नेपाललाई रामकुमारी झाक्रीको काउन्टर - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

माधव नेपाललाई रामकुमारी झाक्रीको काउन्टर



नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ तथा सांसद रामकुमारी झाँक्रीले गुटमा नबस्ने घोषणा गरेकी छिन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बिदेशमा रहेको बेला बरिष्ठ नेता माधवकुमार नेपालले सरकारबिरुद्ध अभिव्यक्ति दिनुका साथै स्थायी समिति सदस्यहरुको भेला बोलाएपछि दुई ध्रुवमा केन्द्रित भएको बेला चर्चित नेतृ झाँक्रीले नेता नेपाललाई नै ‘काउन्टर’ गर्दै अब आफु कुनै गुटमा नलाग्ने घोषणा गरेकी हुन् ।

झाँक्रीले गुटबन्दी नगर्न सुझाव दिँदै सामाजिक सञ्जाल फेसबुकमा यस्तो स्टाटस लेखेकी छन् । ‘मलाई न उनको शैली मन पर्छ न यिनको तरीका मन पर्छ । बीचमा बस्न पाइदैन ? बुस सिद्धान्त नलगाउ न साथीहरू ।’ बरिष्ठ नेता नेपाल निकट मानिने नेतृ झाँक्रीले गुटमा नबस्ने घोषणा गरेसँगै माधव नेपाल समूहमा तरङ्ग आएको छ ।