मंसिरमा फेरी मोदी किन आउँदैछन् नेपाल ? - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

मंसिरमा फेरी मोदी किन आउँदैछन् नेपाल ?



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी मंसिरमा नेपाल भ्रमण गर्ने भएका छन्। प्रधानमन्त्री भएपछि मोदीले गर्न लागेको यो पाँचौँ भ्रमण हो।

जयनगर–कुर्था–बर्दिबास रेल्वेअन्तर्गत पहिलो खण्ड नेपाललाई हस्तान्तरण गर्न उनी मंसिर १२ गते नेपाल आउन लागेका हुन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन्।

यो भ्रमणमा उनी काठमाडौं भने आउने छैनन्। मोदी मंसिर १२ मा नेपाल आएर १३ गते पटना फर्किने कार्यक्रम छ।

यस अघि मोदीले आफ्नो पाँच वर्षे कार्यकालको पाँच वर्षमा चारपटक नेपालको भ्रमण गरेका छन्। प्रधानमन्त्री बनेपछि उनी दोश्रो विदेश यात्राका रुपमा १९ र २० साउन ०७१ मा पहिलो पटक नेपाल आएका थिए।

त्यसको चार महिना नपुग्दै १० मंसिर ०७१ मा सार्कको १८ औँ शिखर सम्मेलनमा सहभागी हुन दुईदिने कार्यतालिकासहित उनी नेपाल आए।

उनी २८ वैशाख ०७५ मा नेपालको दुईदिने राजकीय भ्रमणमा आएका थिए।

बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन मोदी १४–१५ भदौ ०७५ मा पनि नेपाल आएका थिए।