नेकपाका सयौं कार्यकर्ता नयाँशक्तिमा प्रवेश
नयाँ दिल्ली / पूर्वएमाले र माओवादी केन्द्रका सयौं कार्यकर्ता डा बाबुराम भट्टराईको नयाँशक्ति पार्टीमा प्रवेश गरेका छन् ।
अन्तर्राष्ट्रिय नेपाली समाज भारत महाराष्ट्र पुणेद्वारा आयोजित कार्यक्रममा रामबहादुर खनेलको नेतृत्वमा सयौं कार्यकर्ता प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा अखिल भारत एकता मंचका पदाधिकारीहरु रहेका छन् ।
नव प्रवेशीहरुलाई प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली समाज भारतका अध्यक्ष प्रकाश नेपालीले स्वागत गरेका थिए ।
अतिथिको तर्फबाट मन्तव्य राख्दै प्रकाश नेपालीले देशमा आर्थिक विकास र समृद्धिको लागि ठूला पार्टी नाम मात्रका भएकोले आफुहरुले नयाँशक्ति पार्टी बनाएको बताए ।
नव प्रवेशी रामबहादुर खनेले आफू आर्थिक विकासको लागि नयाँशक्तिमा प्रवेश गरेको बताए । उनले देश विकास र समृद्ध नेपाल निर्माण नयाँशक्ति पार्टीले मात्र गर्न सक्ने भएकोले सबैलाई सो पार्टीमा गोलबन्द हुन अपिल गरे ।
कार्यक्रमा अन्तरास्ट्रिय नेपाली समाजका उपाध्यक्ष तुलसी बि.क र महाराष्ट्र इन्चार्ज रामसिङ ददेल तथा महिला विभाग प्रमुख दुर्गा ददेल,महाराष्ट्र इन्चार्ज तिलक बिक, खेलकुद विभाग प्रमुख मोहनराज विश्वकर्मा ,केन्द्रीय सदस्य लक्ष्मण सावद र महाराष्ट्र राज्य सचिवालय सदस्य विजयप्रसाद नेपालीको उपस्थित रहेको थियो ।