'नेपाली सेना व्यापारी कि सुरक्षा संयन्त्र ?' - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

‘नेपाली सेना व्यापारी कि सुरक्षा संयन्त्र ?’



संसदीय समितिमा नेपाली सेनाले गरेका पूर्वाधार निर्माणलगायत काम अपारदर्शी रहेको भन्दै प्रश्न उठेको छ।

राज्यव्यवस्था तथा सुशासन समितिमा रक्षा मन्त्रालयको ब्रिफिङ गर्न पुगेका कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत अधिकारीसमक्ष सांसदहरूले प्रश्न उठाएका हुन्।

पोखरेलले सेनाका कामको बचाउ गरेको स्रोतले जनाएको छ।

‘सेनाले फास्ट टङयाक र अन्य सडक निर्माणको जिम्मा लिए पनि अरुलाई ठेक्का दिने गरेको, अस्पताल भवन भाडामा दिएको, पेट्रोल पम्पलगायत सञ्चालन गरेको पवषय सांसदले उठाए’, स्रोतले भन्यो, ‘सेना व्यापारी कि सुरक्षा संयन्त्र भन्ने प्रश्नसमेत उठ्यो।

सांसदहरूले सेनाको कल्याणकारी कोषको पारदर्शितामाथिसमेत प्रश्न गरेका छन्।

छलफलमा सहभागी शशि श्रेष्ठले पत्रकारलाई प्रवेशमा रोक लगाएकी थिइन्। सेनाको आर्थिक कारोबारसम्बन्धी जानकारी बाहिर आउने भएकाले पत्रकारलाई रोक लगाइएको हुनसक्ने सचिवालयका एक उच्च अधिकारीले बताए।, यो खबर आजकोकान्तिपुरदैनिकमा छ ।