पोखरेल भन्छन: सरकारले वृद्धभत्ता बढाउँछ - Himal Post Himal Post
  • २६ मंसिर २०८२, बिहीबार
  •      Thu Dec 11 2025
Logo

पोखरेल भन्छन: सरकारले वृद्धभत्ता बढाउँछ



काठमाडौं : कार्यवाहक प्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारले आफ्नो घोषित प्रतिबद्धताअनुसार नै जेष्ठ नागरिकलाई प्रदान गर्ने वृद्धभत्ता बढाउने बताएका छन्।

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा जेष्ठ नागरिक चौतारीले सोमबार आयोजना गरेको जेष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पाखरेलले वृद्धाभत्ता बढाएर पाँच हजार पु¥याउने प्रतिवद्धता गरेको खबर गोरखापत्र दैनिकमा छ।

‘निर्वाचनमा गरेको प्रतिवद्धताअनुसार सरकारले सामाजिक सुरक्षा भत्ता पाँच हहजार पुर्‍याउँछ’ पोखरेलले भने ‘निर्वाचन प्रतिबद्धता अनुसार यो वर्ष जेष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता नबढाएकोले कसैकसैले कम्युष्निष्ट सरकारले झुक्कायो भने तर कुरा त्यस्तो होइन। हामीले यही सरकारको कार्यकालमा सामाजिक सुरक्षाा भत्ता बढाउँछौं।’