हिंसाबाटै अाएका अाेली-प्रचण्डले अझ बढी हिंसा चाहेका छन्: पहाडी

काठमाडौं । अहिलेको सरकारले सुशासनको प्रत्याभूत गर्ने कुनै आधार तयार गर्न सकेको छैन । सरकारमा बस्नेहरु सुशासनको डेलिभरी गर्न नसकेको कुरालाई अर्कोतिर मोड्न खोज्दै हुनुहुन्छ, मानवअधिकारकर्मी कृष्ण पहाडीले यसरी विस्तारमा भने ।
‘जस्तो कि चेलीहरु असुरक्षित देखिन थालेका छन् । सम्भावित दोषीहरुलाई राजनीतिक संरक्षण छ, भन्ने कुरा आइरहेको छ । राज्य संयन्त्रले नै प्रमाण नष्ट गरे । निर्दोषलाई अपराधिको रुपमा अगाडि सारे भन्ने कुरा देखिएको छ, उनले भने, ‘यो अवस्थामा गृहमन्त्री ज्यू पुँजीवादका कारण बलात्कार बढेको हो भन्नु हुन्छ । यो भन्दा दुर्भाग्य के हुन सक्छ ।’
पुँजीवाद साम्यवादबारे म धेरै कुरा गर्दिन, पहाडीले अगाडि भने, ‘कुरा के हो भने, पुजीँवादका कारण बलात्कार बढेको हो भनेर उहाँहरु साम्यवादतिर जाने बाटो खोल्न चाहनु हुन्छ ।’ विश्व अहिंसा दिवसको सन्दर्भमा हामीसँग कुरा गर्दै धिकारकर्मी पहाडीले भने, ‘प्रधानमन्त्री राष्ट्रसंघ जानु भो । अहिंसात्मक जीवन धाराका लागि एउटा सन्देश पनि दिनु हुन्न । त्यहीबाट उहाँहरुको नियतमा शंका पैदा हुन्छ ।’
एउटा हिन्दी सायरी छ, ‘उम्रभर गालीव यह भूल कर्तारहा, धूल चेहेरेपर थी, और ऐना साफ कर्तारहा’, उनले यसको अर्थ लगाउँदै भने, ‘धूलो चैँ, कलंक जस्तो उहाँहरुको दर्शनमा छ । साम्यवाद भन्ने, समाजवाद उन्मुख भन्ने, तर, खोट उहाँहरुको स्वतन्त्रताविरोधी चिन्तनमा छ । दोष चैँ अरुलाई देखाउनु हुन्छ ।’
कता ? कता ? भित्र अन्तरकुन्तरमा स्वतन्त्रताको गला न्याकेर एउटा साम्यवादी पद्दती स्थापना गर्ने नियत चैँ उहाँहरुको कहीँ–कहीँ लुकेको छ, उनले भने, ‘किन भने, सबैको पृष्ठभूमि विगतमा हिंसाको छ । तर, हामी जन्ताले दिएको खटनमा विश्वास गर्छौ । जस्तो कि नेपालको संविधानले स्वतन्त्रतालाई सुनिश्चित गरेको छ । निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष हुनुपर्दछ । निर्वाचन सबैले लड्नैपर्छ त्यसको विकल्प कसैले खोज्नै सक्दैन ।’
‘उहाँहरु आफू सुशासन प्रत्याभूत गर्न नसक्ने, दोषीहरुलाई संरक्षण गर्ने, दण्डहिनतालाई बढावा दिने, उश्रृंखल अवस्था सिर्जना गर्ने, कानूनविहिनताको अवस्था जनतालाई अनुभूत गराउने । कुरा चैँ समाजवाद उन्मुख भनेर साम्यवादतिर जानुपर्छ, भन्ने । यो अयोग्यताको प्रमाण हो’–पहाडीले भनेका छन् । केही दिन पहिले सुशासन तथा कानूनका जानकारले केपी शर्मा ओली र पुष्पकमल दाहाल कुनै राजनीतिक विचारधारा समातेर आएका मान्छे होइनन्, हिंसा र ध्वंशको बाटो समातेर आएकै भएकाले अहिले अरिंगाल जस्तो खनिने कुरा आएको हो, त्यो ओलीको अन्तरकुन्तर भित्रि मनबाट विगतको पृष्ठभूमि बोलेको हो, भनेका थिए । नभन्दै अधिकारकर्मी पहाडीले समेत ओलीको राजनीति प्रवेश हिंसात्मक पृष्ठभूमिबाटै भएको हो, भनिदिए । पहाडीले ओलीको अरिंगालजस्तो खनिने शब्द त्यही पृष्ठभूमिबाट आएको बताए ।
हिंसा कसरी क्रान्ति हुन्छ ?
नेपालमा सिद्धान्त र मूल्य केन्द्रीत राजीनीति भन्दा सत्ता केन्द्रीत राजनीति बढी विकसित हुन थालेको छ ।
जुन दुर्भाग्यको कुरा हो । सुशासनको कुरा शान्तिसँग जोडिएको छ । सरकारले सुशासन प्रत्याभूत गरेको खण्डमा नागरिकले शान्तिको अनुभव गर्छन् । अहिंसा भनेको जीवनको पवित्र, गौरवमय मार्ग हो । अहिंसा यो धर्तीको पूरानो र गहन दर्शन हो । प्राचिन धर्मग्रन्थको निचोड पनि अहिंसाकै दर्शनमा आधारित छ ।
आर्मिक र आध्यात्मिक कुरा अलिक फरक छ । तर, संसारभरीका सबै मान्छेहरु आध्यत्मिक नै हुन् । कुनै न कुनै रुपमा आध्यात्मिक हुन्छन् । सद्भावका पनि धेरै धाराहरु छन् । नेपालको संविधानमा पनि अहिंसात्मक जीवन धारा परेको भए भन्ने हाम्रो भनाई हो । अहिंसा भन्ने शब्दावली मात्रै संविधानको प्रस्तावनामा राखिएको भए कति सून्दर र उत्तम हुन्थ्यो होला ।
हामी त्यहाँ चुकेका छौँ । हामीले त्यो बारेमा पुनराब्लोकन गर्नुपर्छ । सांकेतिक रुपले हामीले के खोजेका थियौँ भने, नेपालले धेरै वर्ष हिंसाको महंगो मूल्य तिर्याे । हिंसा सभ्यताको अध्याँरो पक्ष हो । हिंसामा नेपाल अब कहिल्यैपनि फर्किँदैन भन्ने सांकेति प्रत्याभूत मात्रै भएको भए पनि हुने थियो ।
नेपालको संविधानको प्रस्तावनामा अहिंसा भन्ने शब्द राखौँ भन्दा केही सिप लागेन । १०६२–०६३ को आन्दोलन, नागरिक आन्दोलन लगायत विभिन्न बखत हामीले यो आवाज उठाएका छौँ । यो कुरा नेपालका प्रमुख राजनीतिक दलहरुले एड्रेस गरेनन्, यसमा हामी दुःखी छौँ । मधेस केन्द्रीत दलले पनि यसलाई अघि बढाउन चाहेनन् । संविधान संशोधनको कुरा उठ्दा पनि हामीले बारम्बार कुरा गरेका थियौँ । अहिंसात्मक जीवन धारा संविधानको प्रस्तावनामा राख्ने कुराको तपाइहरुले प्रतिनिधित्व गर्नु भनेर भन्यौँ । यो कुरामा कोही पनि गम्भीर देखिएनन् । कारण के रहेछ, भने कम वेसी हिजो सबै हिंसात्मक धारामा आवद्ध भएका रहेछन् । र भविष्यमा पनि अहिंसात्मक मतबाट सत्तामा पुग्न सकिएन भने हिंसाबाटै सत्ता प्राप्ती गर्नुपर्छ भन्ने सोंच राजनीतिक दलका नेताको दिमागमा कुनै न कुनै रुपमा बसेको छ ।
यो दुर्भाग्यको कुरा हो । हामी हिंसालाई सदाका लागि विदा गर्छौँ र हामी अहिंसात्मक पद्धतीबाटै नेपालको सम्वृद्धिलाई सुनिश्चित गर्छौँ, भन्ने सोच प्रतिविम्बित होस् भन्ने हाम्रो चाहाना थियो । उहाँहरुले बेईमानी गर्नु भो अथवा । इमान्दारिता चैँ अपनाउनु भएन । प्रमुख राजनीतिक दलका नेताहरुसँग पनि बारम्बार छलफल भयो । अगाडि हुन्छ, हुन्छ भने पछि कोही पनि गम्भीर देखिएनन् । मुखमा रामराम बगलीमा छुरा भनेको जस्तो छ । आफूलाई चित्त बुझेन भने ध्वंशको साहारा लिने । ध्वंसात्मक चरित्र कहिन कही नेताहरुको मानस्पटलमा बसेको छ ।
हामीले अहिंसात्मक माध्यमबाट जनताको मन जितौँ र त्यही मतका आधारमा अघि बढौँ भनेर संविधानमा अहिंसाको धारा राख्न भन्यौँ । या हाम्रो असफलता भनौ अथवा राजनीतिक दलको बेइमानी संविधानमा अहिंसात्मक धारा राखिएन । त्यसैले देशमा फेरि हिंसाले टाउको उठाउन खोज्दै छ । हिंसालाई जीवन दिएर राखिएकै छ । हिंसा क्रान्ति हो भनिएको छ । हिंसा कसरी क्रान्ति हुन्छ ? मान्छे मार्नु, बम पड्काउनु, अपहरण गर्नु, चन्दा असुली गर्नु, अर्काको विवेकको गला न्याक्नु, कसैको स्वाभिमानलाई बन्धक बनाउनु र अपहरण गर्नु । यी कुराहरु कसरी क्रान्ति हुनसक्छन् । नेपाल अहिले पनि कथित क्रान्तिको नाममा हिंसालाई ग्लोरीफाइ गर्ने महिमामण्डित गर्ने र अहिंसानै जीवन पद्दती हुनुपर्छ भन्ने यो दुईटा विचारबीच संघर्ष देखिन्छ ।

