गोल्डेन ब्वाइ अवार्डको मनोनयनमा एमबाप्पे पनि - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

गोल्डेन ब्वाइ अवार्डको मनोनयनमा एमबाप्पे पनि



विश्व विजेता फ्रान्सका उत्कृष्ट युवा खेलाडी केलियन एमबाप्पे, लिभरपुलका ट्रेन्ट एलेक्सान्डर अर्नोल्ड तथा म्यानचेस्टर सिटीका फिल फोडिनसहितका ४० युवा फुटबलर गोल्डेन ब्वाइ अवार्ड २०१८ का लागि मनोनयनमा परेका छन् ।

२१ वर्षमुनिका युरोपका उत्कृष्ट फुटबलरलाई सम्मान गर्ने उद्देश्यले इटालियन पत्रिका तुतोस्पोर्टले सन् २००३ मा गोल्डेन ब्वाइ अवार्ड स्थापना गरेको हो । साबिक विजेता एमबाप्पे यसपटक पनि बलियो सम्भावना भएका खेलाडी हुन् ।

उनले यसपटक पनि अवार्ड जितेमा दुईपटक अवार्ड जित्ने पहिलो खेलाडी हुनेछन् । एभर्टनका टम डेविस तथा म्यानचेस्टर युनाइटेडका डिओगो डालोट पनि मनोनयनमा परेका छन् ।

यो अवार्डका पूर्व विजेतामा नेइमार, एडिन्सन काभानी, लियोनल मेस्सी, वायने रुनी तथा पउल पोग्बा पनि हुन् ।