बादलले भने: देश डुब्न लाग्यो, अब क्रान्ति गर्नुपर्छ ! - Himal Post Himal Post
  • १७ माघ २०८१, बिहीबार
  •      Thu Jan 30 2025
Logo

बादलले भने: देश डुब्न लाग्यो, अब क्रान्ति गर्नुपर्छ !



गृहमन्त्री रामबहादुर थापाले अहिलेको परिपार्टी कायम रहे देश सकिने चेतावनी दिएका छन् ।

त्यसकारण तस्करबिरुद्ध निर्ममतापूर्वक लाग्नुपर्नेमा उनको जोड छ । देशका तस्करसहित गुण्डा, भ्रष्टाचार, लागुऔषध कारोबारी, महिलामाथि हत्याहिंसा र बलात्कार गर्ने्बिरुद्ध सरकार र जनता मिलेर ठूलै क्रान्ति गर्नुपर्ने बताएका छन् ।

गृहमन्त्री थापाले इटहरीमा आयोजित कार्यक्रममा बोल्दै भने, ‘अहिलेकै अवस्था कायम रहेमा देश बर्बाद हुनेवाला छ ।’ उनले बेलैमा तस्कारलाई रोक्न नसकेमा मधेस–तराई मरुभूमि हुने जिकिर गरे ।’

‘पारि इन्डियामा नेपालका संखुवा पाइन्छ भनेर बोर्ड राखिएको छ अरे’, उनले भने, ‘वन जोगाउन नेपाली सेना परिचालन गर्न जरुरी छ ।’ थापाले समाजलाई पुरै सुधार गर्नका लागि शिक्षक, विद्यार्थी, महिलालगायतलाई सहभागी गराई आन्दोलन गर्न सक्नुपर्ने बताए ।

‘समाजवादको आन्दोलन, समतामूलक समाज निर्माण माथिबाट होइन, तलबाट गर्नुपर्छ । आन्दोलन जनताले गर्ने हो’, उनले भने । थापाले आन्दोलनलाई एउटा अभियानको रुपमा लगेमा मात्र अहिलेको समस्या समाधान हुने दावी गरे ।

लागूऔषध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका हिंसा न्यूनीकरण कार्यक्रममा उनले भने, ‘हामीले आफैभित्र पनि एउटा ठूलो शुद्दीकरण अभियान चलाउनु जरुरी छ । क्रान्तिभित्र क्रान्ति गर्नुपर्छ । निर्ममतापूर्वक शुद्धिकरण गर्नु पर्छ ।’ समाज बनाउने अभियानमा लाग्नेभित्र शुद्धिकरण गरिएन भने जनताले समृद्धि र सुशासन प्राप्त गर्न नसकने जिकिर गरे ।

‘अब हामी नयाँ फ्रेजमा आएका छौं । संविधानले नयाँ फ्रेजलाई इंगित गरेको छ । अबको हाम्रो लक्ष्य भनेको जति पनि समस्या छन, अप्ठ्याराहरु छन, त्यसको समाधान भनेको समाजवाद हो’, उनले भने ।