सांसद गौतमको कार्यालयमै अचम्मले चोरी - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

सांसद गौतमको कार्यालयमै अचम्मले चोरी



बर्दिया । बर्दिया जिल्लाको क्षेत्र नंं १ बाट निर्वाचित संघीय संसदका सदस्य सञ्जयकुमार गौतमको गुलरिया स्थित सम्पर्क कार्यालयमा चोरी भएको छ।

उनको निजी निवास गुलरिया नगरपालिका ५ मा रहेको सम्पर्क कार्यालयमा अज्ञात व्यक्तिले कोठाको ताला फोडी कम्प्युटर, प्रिन्टर लगायतका सामग्रीहरु चोरी गरेको प्रहरीले जनाएको छ। बिगत लामो समयदेखि संसदीय निर्वाचनका लागि स्थापना गरिएको सम्पर्क कार्यालयबाट कम्प्युटर लगायतका सामग्रीहरु चोरी भएको सांसद संजयकुमार गौतमले जानकारी दिए ।

बर्दिया सदरमुकाम गुलरियाको मुटु मानिने मातङ्गी चोकमा रहेको सम्पर्क कार्यालयमा चोरी हुनुले आम सर्वसाधारणले समेत असुरक्षित महसुस गरेका छन् । नजिकिँदै गरेको चाडपर्वमा यस्ता किसिमका घटना घट्नुले सर्वसाधारणमा चिन्ता थपिएको छ ।