नाम मात्रको 'गाउँ गाउँमा सिंहदरवार': कर समेत तिर्न पाएनन जनता - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

नाम मात्रको ‘गाउँ गाउँमा सिंहदरवार’: कर समेत तिर्न पाएनन जनता



कृत बहादुर विष्ट ।धनगढी ।

पछिल्लो समयमा सिंहदरवारको अधिकार गाउँगाँउमा भन्ने नारा चर्चित बनेको छ  ।  यसै नारा बोकेर नेताहरुले चुनाब जितेर  जनप्रतिधिहरु समेत बनेका छन् । तर ब्यबहारमा भने सिहंदरवारको अधिकार गाउँगाउँमा भन्ने नारा लागु हुन भने सकेको छैन ।

जसको पछिललो उदाहरणका रुपमा  धनगढी उपमहानगरपलिकाका केही वडाका जनताहरुले  एकिकृत सम्पत्ती कर तिर्ने  सुबिधा बडा कार्यलयहरुवाट पाएका छैनन् । गत साउन महिनादेखि  उपमहानगरपालिकाको बडा नम्बर  १४, १७ १८ र १९का जनताहरुले  वडा कार्यलयवाट  पाउने सो सुबिधावाट बन्चित भएको बताएका छन् ।

धनगढी उपमहानगरपलिकाका अन्तरगत रहेका  उक्त वडा कार्यलयहरुवाट कर तिर्न नपाए पछि स्थानिय जनताहरु थप खर्च गरेर  धनगढी उममहानगरपलिकाको कार्यलय मै गएर कर तिर्न बध्य भएका हुन।

धनगढी उपमहानगरपालिका १४,१७,१८ र १९ नम्बर वडा कार्यलयका वडा अध्यक्षहरुले   कार्यलयबाट कर तिर्न वडा कार्यलयहरुमा दक्ष जनशक्ती  नभएको र रसीद काट्ने कर्मचारी समेत नहँुदा  जनताहरु धनगढी धाउन बाध्य भएको जवाफ दिएर पन्छिएका छन् । ।  चुनावका बेला सिंहदरवारको अधिकार गाँउगाउँमा भन्ने नारा घन्काएका जनप्रतिनिहरुहरुले  वडा कार्यलयबाट पाउने सेवा सुबिधाको लागि  उपमहानगरपलिकामै जानु परेको भन्दै स्थानियहरुले ब्यापाक गुनासो गरेका छन् ।

असार मसान्न सम्म वडा कार्यलयबाट  नै कर बुझाएका  स्थानिय जनताहरु  असार पछि अनलाईन प्रविधि मार्फत  उपमहानगरपलिकाले एकिकृत सम्पत्ती कर  तिर्ने ब्यबस्था गरेपछि  वडा कार्यलहरुमा सो सम्बन्धमा दक्ष कर्मचारी नहँुदा समस्या भएको धनगढी उपमहानरपलिका वडा नम्बर –१४का  वडा अध्यक्ष राम बजारी थारुले जानकारी दिए । उनका अनुसार हाल दैनिक जसो एकीकृत सम्पत्ती कर तिर्न आउने सेवाग्राहीलाई धनगढी नै पठाउने गरीएको छ ।

त्यस्तै वडा नम्बर –१८का वडा अध्यक्ष मुरारी अधिकारीले पनि  वडा नम्बर –१४को  जस्तै आफुहरुको  वडामा पनि समस्या रहेको  बताए । कर्मचरी पठाई दिन उपमहानगरपलिकालाई पटक –पटक आग्रह गरेको भए पनि सुनुवाई नभएको उनको आरोप छ  । यस्तै वडा नम्बर १९ र १७ का वडा अध्यक्षले पनि वडा नम्बर १४ र १८को जस्तै समस्या  सुनाए ।

यता स्थानिय जनताहरुले भने  वडा कार्यलयवाट पाउने सुबिधाकोलागि अटो भाँडा तिररे धनगढी जाँदा थप खर्च हुने गरेको बताएका छन् । तीन–तीन महिना सम्म पनि वडा कार्यलयले ठोस पहल नगर्दा  उक्त वडाका स्थानिय जनताहरु वडा कार्यलयप्रति असन्तुष्ट बनेका  छन् ।

अर्थिक वर्ष २०७४–०७५ सम्म  सो कर तिर्न बडा कार्यलयबाट नै सेवा सुविधा पाएका स्थानियहरु चालु आर्थिक वर्षदेखि उपमहानगरपलिकाले एकिकृत सम्पत्ती कर  तिर्ने ब्यबस्था अनलाईन प्रविधिबाट लागु गरेसंगै उपमहानगरपलिकाको पूmलवारी क्षेत्र र उर्मा क्षेत्रका स्थानियहरु सम्बन्धि वडा कार्यलयवाट सो सुबिधिा नपाएपछि  धनगढी जान बाध्य भएका हुन ।  उनिहरुहरु तोकिएको कर तिर्नु पर्ने त छदै छ थप धनगढी आवत–जावतको खर्च गर्न बाध्य भएको  स्थानियहरुले बताएका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर –१४का लिलाधर तिवारी कर तिर्न वडा कार्यलयमा गए पनि  जनशक्ती नभएको भन्दै उनलाई सम्वन्धित  वडा कार्यलयले धनगढी जान भने पछि  बढी खर्च गरेर धनगढी गएको बताए । उनले भने – निर्वचनका बेला सिंहदरवारको अधिकार गाँउगाँमा भन्दै भोट मागेका जनप्रतिनिधीहरुले  चुनाव जितेपछि भने  जनताको पक्षमा  कुनै पनि चित्त बुझ्दो काम  गरेका छैनन् ।
यस्तै गुनासो पूmलवारीका स्थानिय जस बहादुर दर्जीको पनि  रहेको छ । आफुले एकीकृत सम्पत्ती कर तिर्न जादाँ थप रकम खर्च गर्न परेको  बताए ।

एकीकृत सम्पत्ती कर तिर्न  पूmलवारी र उर्मा क्षेत्रका जनताहरु  तिर्नु पर्ने कर भन्दा  अन्य आबत–जावत र कर तिर्दा  ब्यहोर्नु पर्ने झन्झडले हैरान भएको बताएका छन् ।
उनिहरुले उपमहानगरपलिकाले छिटो भन्दा छिटो एकीकृत सम्पत्ती कर तिर्ने ब्यबस्था बडा कार्यलयबाट नै गरौस् भनिरहेका छन् ।

यता  धनगढी उपमहानगरपलिकाका प्रबक्ता सन्तोष मुडभरीले ईन्टरनेट  नभएका  वडा र दक्ष कर्मचरीको अभावका कारण समस्या भएकोले केही दिनमै समस्या सामाधान हुने जानकारी दिएका छन् । तर पूmलवारी क्षेत्रमा भने ईन्टरनेटको सहज पहुँच भएको बताईएको छ ।