अब सित्तैमा मलेसिया: म्यानपावरको सेवा शुल्कसमेत रोजगारदाताले बेहोर्ने - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

अब सित्तैमा मलेसिया: म्यानपावरको सेवा शुल्कसमेत रोजगारदाताले बेहोर्ने



रोजगारीमा मलेसिया जाने कामदारसँग अब म्यानपावर कम्पनीले सेवा शुल्कसमेत लिन नपाउने गरी ‘शून्य लागत’ सम्बन्धी व्यवस्था लागू हुने भएको छ।

म्यानपावर कम्पनीले कामदारसँग सेवा शुल्कका नाममा वढी रकम असुलेपछि नयाँ व्यवस्था लागू हुन लागेको हो। यो खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

नेपाल सरकारले यस सम्बन्धमा राखेको प्रस्तावमा मलेसिया सरकार सहमत भएपछि म्यानपावरको सेवा शुल्कसहित कामदारले तिर्नुपर्ने सबै विषयमा सहमतीपत्रको मस्यौदामा सहमती जुटेको हो। अब मलेसिया जाने कामदारको सबै खर्च रोजगारदाताले बेहोर्ने छन्।

मलेसियाका लागि नेपाली कार्यबाहक राजदूत कुमारराज खरेलले पनि मलेसिया जाने कामदारको सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्ने गरी सहमतीपत्रको मस्यौदामा सहमती भएको पुष्टी गरे।