नेपाल तरुण दल मालारानी काठमाडौँ सम्पर्क समिति गठन - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

नेपाल तरुण दल मालारानी काठमाडौँ सम्पर्क समिति गठन



अर्घाखाँची जिल्लाको मालारानीबाट काठमाडौँ आई विभिन्न पेसा व्यवसाय गर्दै आएका नेपाली काँग्रेसप्रति आस्थावान् युवाहरूले तरुण दल सम्पर्क समिति चयन गरेका छन् । शनिवार वाल्मिकी क्याम्पसमा भेला भई उक्त समिति गठन गरिएको हो ।

मोहन आचार्यको संयोजकत्व, नेपाली काँग्रेस अर्घाखाँची क्षेत्र नं १ का सचिव तारा प्रसाद फुल्लेलको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य केशव श्रेष्ठ, नेपाल तरुण दल अर्घाखाँची काठमाडौँ सम्पर्क समितिका अध्यक्ष अर्जुन पोखरेल, जिल्ला सदस्य ठाकुर पन्थी,जिल्ला सम्पर्क समिति सचिव सुवास पाण्डे, आमन्त्रित जिल्ला सदस्य शिव पाण्डे लगायतका अतिथिको उपस्थिति थियो ।

भेलाबाट विकास खनालको अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ । राजेन्द्र अधिकारी र विजय घिमिरे उपाध्यक्ष, माधव पौडेल सचिव अशोक खनाल सह-सचिव तथा कोषाध्यक्षमा आकृति पोख्रेल र सदस्यमा सञ्जु खनाल,अनिल रिजाल, रमेश खनाल, राजु आचार्य, विधान सुनार लगायतको  कार्यसमितिमा चयन भएका छन् ।

कार्यक्रममा वक्ताहरूले नयाँ समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।