सुन तस्करी प्रकरण: प्रतिवेदन नै गृहमन्त्रालयमा गुपचुप ! - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

सुन तस्करी प्रकरण: प्रतिवेदन नै गृहमन्त्रालयमा गुपचुप !



लामो समयदेखि बिभिन्न मुलुक हुदै नेपाल भित्रने र नेपालबाट भारत लगायतका अन्य मुलुकमा पुन तस्करी हुने सुन काण्डले नेपालमा ठुलै हलचल ल्याएपनि अन्त्यमा गएर कारवाही प्रकृया भने अलमलमा परेको छ ।

दुवईबाट नेपाल प्रवेश गरेको ३३ किलो सुन त्रिभुवन बिमानस्थल पार गरेर एकाएक गायव भएपछि गृह मन्त्रालयले सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा छानवीन समिति बनाएर अनुसन्धान गरेको भएपनि अहिले सम्म कसैलाई पनि कारवाहीको दायरामा ल्याउन सकेको छैन ।

नेपालमा लामो समयदेखि सुन तस्करी भएको निष्कर्ष सहित पौडेलले प्रतिवेदन बुझाएको भएपनि त्यो प्रतिवेदन अहिले गृह मन्त्रालयमा थन्किएको छ भने मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई छानवीन गर्न निर्देशन दिएको थियो ।

प्रधान कार्यालयले महानगरीय अपराध महाशाखालाई छानवीन गर्न निर्देशन दिएको भएपनि महाशाखाले भने अहिले सम्म केहीगर्न सकेको छैन । महाशाखाले अहिले सम्म पौडेलेको प्रतिवेदन अध्ययन गर्ने बाहेक अन्य अनुसन्धान गर्न सकेको छैन । प्रधान कार्यालयले महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहको नेतृत्वमा अनुसन्धान टोली गठन गरेको थियो ।,यो खबर आजको नेपाल समाचारपत्रमा छ ।