नयाँ नोट: कहिलेदेखि, कुन-कुन बैंकबाट कति पाईन्छ ? - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

नयाँ नोट: कहिलेदेखि, कुन-कुन बैंकबाट कति पाईन्छ ?



यो वर्षको दसैं र तिहारका लागि राष्ट्र बैंकले असोज २१ गतेदेखि नयाँ नोट साटिदिने भएको छ । सर्वसाधारणका लागि प्रतिव्यक्ति २१ हजार रुपैयाँसम्मका दरले नयाँ नोट सटही सुविधा दिने तयारी भएको राष्ट्र बैंकले जनाएको छ ।

‘सर्वसाधारणले विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही सुविधा पाउनेछन्,’ राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख लक्ष्मी प्रपन्न निरौलालले भने ।

राष्ट्र बैंकले ५, १०, २० र ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट साटिदिने तयारी गरेको निरौलालले बताए ।

बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ११ गतेदेखि (बिहीबार) देखि नयाँ नोट वितरण गर्दै छ ।

बैंक तथा वित्तीय संस्थालाई पहिले नयाँ नोट दिए पनि ती संस्थाले पनि २१ गतेदेखि मात्र सर्वसाधारणलाई वितरण सुरु गर्नेछन् ।यो वर्ष पनि नयाँ नोटका लागि राष्ट्र बैंकमै आउनुपर्ने बाध्यता नरहेको निरौलाले बताए ।

नोट कोष सुविधा लिएका र सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणले नयाँ नोट साट्न सक्ने उनको दाबी छ ।

‘ती बैंकहरूलाई पनि प्रतिव्यक्ति २७ हजारका दरले नोट साट्न निर्देशन दिएका छौं,’ उनले भने, ‘ती बैंकहरूले यहाँबाट लिएको पैसा सर्वसाधारणलाई वितरण गरे/गरेनन् भन्ने बारे हरेक दिन सबै शाखाहरूमा गएर नियमन तथा सुपरिवेक्षण गर्छौं ।’यो खबर आजको कान्तिपुर दैनिकमा छ ।