सन्दीप लामिछानेलाई अर्को सफलता - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

सन्दीप लामिछानेलाई अर्को सफलता



पछिल्लो समय अन्तर्राष्ट्रिय व्यवसायिक क्रिकेट लिग खेल्न व्यस्त नेपाली युवा स्पिनर सन्दीप लामिछानेले अर्को सफलता हात पारेका छन्।

सन्दीपलाई संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने नयाँ ढाँचाको टी–१० लिग क्रिकेटका लागि सोमबार राती केलरा किङ्सले अनुबन्ध गरेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

यो अनुबन्ध आर्थिक दृष्टिकोणबाट उनका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो छलाङ हो।

सोमबार अबेला भएको खेलाडी अक्सनबाट केरला किङ्सले सन्दीपलाई ३० हजार अमेरिकी डलर (करिब ३५ लाख रुपैयाँ) मा अनुबन्ध गरेको हो।

टि–१० लिग अन्तर्राष्ट्रिय क्रिकेट सबैभन्दा नयाँ ढाँचाको प्रतियोगिता हो।