मुद्धा दर्ता भएको ५८ औं दिन पछि कृषि संकलन केन्द्र सुखडमा अनुगमन - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

मुद्धा दर्ता भएको ५८ औं दिन पछि कृषि संकलन केन्द्र सुखडमा अनुगमन



इश्वर जैसी / सुखड, कैलाली ।

मुद्धा दर्ता भएको ५८ औं दिन पछि आज सुखडमा निमार्ण भएको कृषि संकलन केन्द्रको अनुगमन गरिएको छ ।

उपभोक्ता समितिले निमार्ण कार्यमा आर्थिक हिनामिना गरेको भन्दै जिल्ला प्रशासन कार्यलय कैलालीमा गत साउन १३ गते परेको मुद्धाको आज अनुगमन गरिएको छ ।

अनुगमनका लागि जिल्ला प्रशासन कार्यालय कैलाली बाट नायव सुब्बा इश्वर दत्त जोशी र शहरी विकास तथा भवन डिभिजन कार्यलयका इञ्जीनीयर धुर्व पौडेलको टोली आज सुखडमा आएर अनुगमन गरेको हो । जनस्तर बाट धेरै गुनासो आएको र अनुगमन गर्दा केहि त्रुटिपूर्ण काम भएको पाइए पनि निर्माण लागत बारेमा अहिलेनै भन्ने अवस्था नरहेको अनुगमन टोलीले बताएको छ । एक हप्ता भित्र अनुगमन टोलीले आफ्नो प्रतिवेदन बाहिर सार्वजनीक गर्ने बताएको छ ।

कैलालीको घोडाघोडी नगरपालीकाको आर्थिक रु.१३ लाख र जनश्रमदान सहयोग रु. २ लाख ६० हजार गरि जम्मा रु. १५ लाख ६० हजारको लागतमा कृषि संकलन केन्द निर्माण भएको थियो । निमार्ण कार्यको लागत हेर्दा कम र निर्माण सामाग्री कम लगाएर बढि लागत रकम देखिए पछि आर्थिक हिनामिना भएको हुनसक्ने आशय बाहिरिएको थियो ।

त्यस्तै यस्तो कार्य हुदा पनि आफुले चाहेर पनि केही गर्न नसकेको र उप मेयरको बारम्बार उर्दी आउन थालेपछि आफुले उपभोक्ता समितीले गरेको कार्यलाइ पास गरेको घोडाघोडी नगरपालीका वडा नं १ का वडा अध्यक्ष मनराज शाहिले बताउनु बताउनु भएको छ ।

यता नगरपालीकामा हुने हरेक विकास निमार्ण कार्यको अनुगमनको जिम्मेवारी आफुले पाएको भए पनि आफुलाइ यसको कुनै ज्ञान नभएका कारणले गर्दा यस्ता कार्य भइरहेको उप मेयर प्रेम कुमारी थापाले बताउनु भएको छ । आफुले इन्जिनियरहरुलाई सोधपुछ गर्दा सबै ठिक छ भने पछि मात्र फाइल पास गर्ने गरेको उप मेयर थापाको भनाइ रहेको छ ।