प्रचण्डले भने अब एक्सनमा जाने बेला भएको छ - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

प्रचण्डले भने अब एक्सनमा जाने बेला भएको छ



चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारले परिणाम देखिने काम नगरे सकिने खतरा रहेको टिप्पणी गरेका छन् ।

जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्ला सभाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘विकास निर्माण र रचनात्मक काममा प्रतिपक्षले पनि सहयोग गर्छु भनेको छ, तलदेखि माथिसम्म नै हाम्रो सरकार छ, यतिबेला गर्न नसके दोष कसलाई दिने ?’

हामीले काम गर्न सकेनौं भने जनताले हामीलाई पत्याइदिरहनु पर्छ भन्ने छैन भन्दै उनले भने ‘सरकारले काम गरेन भने जनताले विकल्प खोज्छन् त्यो दिन कम्युनिष्ट पार्टीका लागि निकै दुर्भाग्यको विषय हुनेछ ।’

फरक प्रसंगमा प्रचण्डले चीन, भारत र नेपाल मिलेर संयुक्त रुपमा ठूला परियोजनाहरु निर्माणका लागि अहिलेको समय अनुकुल भएको बताए । ‘हामीले १२÷१५ हजार मेगवाटका ठूला विद्युत परियोजनाहरु निर्माण गरी अन्तर्देशीय सम्बन्धलाई मजवुत बनाउन सक्छौं, अब हाम्रो ध्यान यता जान जरुरी छ’ अध्यक्ष प्रचण्डले भने ‘अब एक्सनमा जाने बेला भएको छ ।’