एसिड आक्रमणमा गम्भीर घाइते भएकी दासको मृत्यु - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

एसिड आक्रमणमा गम्भीर घाइते भएकी दासको मृत्यु



काठमाडौं । रौतहट चन्द्रनिगाहपुर ६ की १८ वर्षीय सम्झना दासको उपचारकै क्रममा मृत्यु भएको छ । एसिड आक्रमणमा परी गम्भीर घाइते भएकी दासको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो ।
बुवा जादोलाल दासका अनुसार सम्झनाको गएराति ११ बजे उपचारकै क्रममा मृत्यु भएको हो ।

तिजको दरखाने राति दुई दिदीबहिनीमाथि रौतहटस्थित घरमा एसिड प्रहार भएको थियो । एसिड प्रहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

रामबाबु पासवान पक्राउ परेका हुन् पक्राउ परेका दासले आफूसँग अनैतिक सम्बन्ध राख्न नमानेपछि आक्रमण गरेको बयान दिएको प्रहरीले जनाएको छ ।

सम्झनाकी बहिनी सुस्मिताको अहिले कीर्तिपुर अस्पतालमा नै उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।