कैलालीका अधिकांश ग्रामिण सडकमा स्थानीयले पशुचौपायाहरु बाँध्नाले दुर्घटना बढ्यो

रमित पाण्डे लम्की,कैलाली ।
कैलालीको लम्कीचुहा नगरपालिकाका अधिकांश ग्रामिण टोलीका सडकहरुमा स्थानीयले सडकमा गाई, गोरु र भैंसी लगायतका पशुचौपायाहरु बाँधेर सडकलाई चौपाया बाध्ने थाई बनाउदै आएका छन् ।
स्थानीयले आफ्नो घर नजिकको सडकमा घरपालुवा चौपाया बाध्नाले सडकमा खाल्डा पर्नुका साथै दुर्घटना बढेको छ ।
नगरपालिका भित्र केहि महिना अघि मात्र नगरपालीकाले आवश्यकता अनुसार ३० फिट भन्दा बाटाहरु खनेर बाटामा ग्राभेल हालेको थियो ।
स्थानीयहरुले बिहान, दिउसो र राती सडकमा बाधेर घास पनि सडकमै खुवाने गरेको भएको भए पनि त्यही सडकमा आवतजावत गर्ने जनप्रतिनिधि मौन रहेका छ्न । जन प्रतिनिधिमा पनि केही वडा सदस्यहरूका चौपायाहरु पनि बाध्ने गरेको पाइएको छ ।

