उखु बारीमा महिलाको घाँटी रेटेर हत्या - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

उखु बारीमा महिलाको घाँटी रेटेर हत्या



बारा : जिल्लाको कलैयामा एक महिलाको घाँटी रेटेर हत्या भएको छ। कलैया उपमहानगरपालिका-१३ बलिरामपुरकी ४५ वर्षीया सियापति धोबिनको घाँटी रेटी हत्या भएको हो।

मृतक महिलाको शव आइतबार बिहान गाउँ नजिकैको उखु बारीमा घाँटी रेटी हत्या गरिएको अवस्थामा उनको शव फेला परेको छ। शनिबार साँझ घाँस काट्न गएकी महिला राती अबेरसम्म घर नफर्केपछि परिवारले प्रहरीमा खबर गरेका थिए।

खोजतलासको क्रममा घाँटी रेटेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए। महिलाकाे शव परीक्षणका लागि जिल्ला अस्पताल कलैयामा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता राठौरले बताए।