घाँटी रेटेर विभत्स रुपमा हत्याको प्रयास

धनुषा । कमला नगरपालिकामा एक व्यक्तिको घाँटी रेटेर विभत्स रुपमा हत्या प्रयास गरिएको छ । वडा नम्बर ३ माची मंगराहा वस्ने ३० वर्षीय शिवकुमार सादाको घाँटी काटिएको हो ।
सादालाई अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि जहाजबाट काठमाडौं लगेर शिक्षण अस्पताल भर्ना गरिएकोे प्रहरीले जानकारी दिएको छ ।
सादाको घाँटी अढाई इन्च काटिएको र अवस्था गम्भीर रहेको चिकित्सकले वताएका छन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

