ब्रेक फेल भई सडकमा पल्टियो बस - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

ब्रेक फेल भई सडकमा पल्टियो बस



डडेल्धुरा : डडेल्धुराको सदरमुकामबाट स्याउलेतर्फ जाँदै गरेको बस आइतबार बिहान दुर्घटना भएको छ।

प्रहरीका अनुसार उग्रतारा यातायातको ना ४ ख ५३८४ नम्बरको बस सडकमा पल्टिएको हो। बिहान ९ः४५ बजेतिर बस ब्रेक फेल भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

बसमा यात्रु भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।