नवलपरासी जीप दुर्घटना,एक जनाको मृत्यु - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

नवलपरासी जीप दुर्घटना,एक जनाको मृत्यु



नवलपरासीः बर्दघाट सुस्ता पूर्व हुप्सिकोट गाँउपालिका ४ भैसीघाटमा शनिबार बेलुकी जीप दुर्घटना हुँदा घाइते भएका दुईमध्ये एक जनाको मृत्यु भएको छ।

घाइते जीप चालक बौदीकाली गाँउपालिका ४ का ३५ वर्षीय कुष्ण सुनारीको मृत्यु भएको प्रहरीले जनाएको छ। सुनारीको उपचारको क्रममा कालीगण्डकी अस्पताल कावासोतीमा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका परिचालक मेखबहादुर मर्साङगीको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। शनिबार बेलुकी सवा ८ बजे शंखरदेवबाट हात्तिखोरतर्फ जाँदै गरेको लु१ज २९२७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको थियो।