भट्टराईद्धारा लिखित प्रेममा आधारित ‘प्रिय सुफी’ सार्वजनिक - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

भट्टराईद्धारा लिखित प्रेममा आधारित ‘प्रिय सुफी’ सार्वजनिक



काठमाडौं- लेखक सुविन भट्टराईद्धारा लिखित पाँचौ कृति ‘प्रिय सुफी’ सार्वजनिक भएको छ। अभिनेत्री आँचल शर्मा, गायिकाद्वय शीतल मोक्तान र सुवानी मोक्तानले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन्।

कार्यक्रममा अभिनेत्री आँचल शर्माले सुविनका यसअघिका कृतिले आफ्नो मन छोएको र यसले पनि आफ्नो र पाठकको मन छुनेमा आशावादी रहेको बताईन्। उनले भनिन्,‘म सुविनका अन्य कृति जस्तै ‘प्रिय सुफी’ पढ्न आतुर छु र सुविन दाईले भनेजस्तै पुस्तकले सबै पाठकलाई प्रेरित गर्न सकोस्।’

कार्यक्रममा बोल्दै लेखक भट्टराईले आफ्ना अघिल्ला कृतिलाई जसरी पाठकले मन पराइदिनु भएको थियो त्यसरी नै ‘प्रिय सुफी’लाई पनि पराइदिनेमा आफू विश्वस्त रहेको बताए।

गायिका शीतल र सुवानी मोक्तानको सांगीतिक प्रस्तुतिसहित विमोचन गरिएको पुस्तकलाई फाइन प्रिन्टले प्रकाशन गरेको हो।

सुविनको ‘प्रिय सुफी’ यसअघिका पुस्तक जस्तै प्रेममा आधारित पुस्तक हो।