खाना पकाउने ग्यास सिलिन्डर पड्कदा घर जलेर नष्ट

मनाङ । नासुङ गाउँपालिका ५ थोँचेमा भएको आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।
शनिबार बिहान खाना पकाउने ग्यास सिलिन्डर पड्किएर स्थानीय दावा डोमा लामा गुरुङको घर जलेर पूर्णरुपमा भएको हो । आगलागीबाट करिब रु २५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले आगलागिको स्थगलगत निरीक्षण गर्नुभएको छ । निरीक्षणपछि गुरुङले सरकार तथा स्थानीय निकायबाट राहतको ब्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
पीडित गुरुङको परिवार अहिले छिमेकीको घरमा आश्रय लिएर बसेको छ ।

