राहुल गांधीले मोदीलाई ‘चोर’ भने ! - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

राहुल गांधीले मोदीलाई ‘चोर’ भने !



नयाँ दिल्ली । भारतमा प्रतिपक्षी दल कांग्रेसका अध्यक्ष राहुल गांधीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गम्भीर आरोप लगाउँदै “चैकिदारले नै चोरी गरेको” भन्ने अभिव्यक्ति दिएका छन् ।

फ्रान्ससँग बहेको बहुचर्चित रक्षा सम्झौता ‘राफेल डील’मा शतप्रतिशत भ्रष्टाचार भएको आरोप लगाउँदै राहुलले फ्रान्सका पूर्व राष्ट्रपति फ्राँस्वा ओलांदको अभिव्यक्तिले भारतीय प्रधानमन्त्रीको राफेल विमान खरिद प्रक्रियामा अनावश्यक हस्तक्षेप गरेको खुलासा भएको बताका हुन् ।

नरेन्द्र मोदी नेतृत्वको एनडीए सरकारले फ्रान्ससँग राफेल विमान खरिद सम्झौता गरेको थियो । जसमा भारतीय अर्बपति अनिल अम्बानीले बिचौलियाको भूमिका खेलेका थिए ।

फ्रान्सका पूर्व राष्ट्रपति ओलांदले अम्बानीको छनौट आफ्नो नभएर भारतीय प्रधानमन्त्री मोदीको थियो भन्ने अभिव्यक्ति दिएपछि राहुलले यस्तो प्रक्रिया दिएका हुन् ।

राहुलले पूर्ववर्ती मनमोहन सिंह नेतृत्वको युपिए सरकारले ५२६ करोड भारतीय रुपैयाँमा खरिद गरेको उक्त विमान मोदी सरकारले १६०० करोडमा खरिद गरेर अम्बानीको गोजी भरेको आरोप लगाएका छन् ।

राहुलले प्रधानमन्त्रीले ३० हजार करोड बराबरको नि:शुल्क उपहार अम्बानीलाई दिएको र यसले देशको चौकीदार चोर रहेको खुलासा भएको बताएका छन् ।

राहुल गांधीले अम्बानीसँग हवाई जहाज बनाएको कुनै अनुभव नभएको पृष्ठभूमिमा राफेल विमान खरिद प्रक्रियामा उनलाई समाहित गर्नु शंकास्पद रहेको बताएका छन् ।

राहुलले शुक्रबार एक ट्विट गर्दै प्रधानमन्त्री र अनिल अम्बानी मिलेर ले देशको सुरक्षा फौजविरुद्ध एक सय ३० करोडको ‘सर्जिकल स्ट्राइक’ गरेको अभिव्यक्ति दिएका थिए ।